इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आई.सि.एस.) नेपाल

Institute For Cooperation and Solution (ICS) Nepal

इन्स्टीच्युट फर कोअपरेशन एण्ड सोलुशन (आई.सि.एस.) नेपाल

“सफलताका लागि सहकार्य”

समाजमा संञ्चालित विभिन्न संघ संस्थाहरुको अवधारणागत, नीतिगत, व्यवस्थापकीय र विभिन्न संञ्चालन समस्याहरु छन् जसले दीगो संचालन र विकासमा थप जटिलता देखिएको छ । नेपालको शिक्षा प्रणालीमा प्राविधिक तथा व्यहारिक शिक्षाको अभावले दक्ष जनशक्ति उत्पादन हुन नसक्ने, छरितो र पारदर्शी कार्यशैलीको अभाव समेत आजको समस्या हो। संस्था स्थापना गर्न सजिलो छ तर संस्थाको दीगो संचालन र विकासका लागि चाहिने रणनीतिक कौशल एवं योजनागत अभ्यासको अभाव देखिन्छ । मानव संसाधनको विकास, उचित स्थानमा पदस्थापना एंव स्थानान्तर र तालिम एवं आवश्यक सीप ज्ञानको कुमी एवं अद्यावधिक नभएको कारण थप समस्या उत्पन्न भईरहेको अवस्था छ। यसो हुनुमा संस्था संचालक तथा उच्च व्यवस्थापनमा भएका पदाधिकारीहरुको दैनिक कार्य प्रतिको व्यस्तता, सोच र उचित व्यवस्थापकीय विज्ञ परामर्शको कमी भएको हो । यी सबै अवस्थाहरुको विश्लेषण गर्दा, संस्था संचालक, उच्च व्यवस्थापन एवं सम्पूर्ण सदस्यहरुको क्षमता, सीप, दक्षता र सदस्य एवं सरोकार निकायहरुको संस्था प्रतिको अपनत्व, भाव र खास श्रृजना गर्नु आजको आवश्यकता रहेको छ ।

Prakash Pokharel

सचिन भट्टराई

निर्देशक

प्रबन्ध निर्देशकको भनाई

सहकारी क्षेत्र प्राविधिक बिषय हो, सहकारी क्षेत्र देशको समाजवाद उन्मुख अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको, सहकारीको विश्व संजाल मजबुद रहेको, सहकारी क्षेत्रबाट आर्थिक परिचालन करीव १४ प्रतिशतको हाराहारिमा र कुल ग्राह्यस्थ उत्पादनमा करीव ५ प्रतिशत योगदान रहेको, कल जनसंख्याको २१ प्रतिशत भन्दा बढी आवद्ध रहेको साथै प्रत्यक्ष १ लाख र अप्रत्यक्ष रुपमा ५ लाखलाई रोजगारी प्रदान गरेको क्षेत्र हो । हाल सहकारी संघ सस्थामा व्यवस्थापकि सिप, अनुभव र सूचनामा कमी भएको कारण तथा संस्था संचालनमा सकारात्मक धारणामा विचलनका कारण केहि समस्याहरु पनि देखिन थालेको छ । यसै परिप्रेक्षमा, सहकारी, वित्तीय, सामाजिक, प्राविधिक क्षेत्रका विज्ञ मतिष्कहरुको उपयोग गरी सहकारी, गैसस, कम्पनी, नीजि तथा व्यवसायिक क्षेत्रको विकास प्रर्वद्धन र उत्थानशिलता अभिबृद्धिमा जुट्ने विज्ञहरुको समुहु नै इन्स्टिच्युट फर कोअपरेसन एण्ड सोलुसन नेपाल प्रा.लि. (ICS Nepal) हो । यस कम्पनीको अध्यक्षको हैसियतमा तपाईहरुको समस्या समाधान र विशेषज्ञता सेवा उपलब्ध गराउन खोज्नु मेरो र कम्पनीको सम्मानको कुरा हो । अहिले सम्म, हामीले विभिन्न सामाजिक संघ संस्था, विशेषत सहकारीहरुलाई व्यवस्थापकिय, नेतृत्व क्षमता अभिबुद्धि र विभिन्न तालिमहरुमा सहजीकरण गरिसकिएको छ, यस्तो अवसर प्रदान गर्ने सम्पूर्ण सहकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरु, व्यवसायिक निकायहरुलाई तपाईहरुले प्रदान गर्नु भएको सेवा, विश्वास र सहयोगको लागि हार्दिक धन्यवाद दिन चाहन्छु ।

नवराज सुबेदी

प्रमुख कार्यकारी अधिकृत

प्रमुख कार्यकारी अधिकृतको प्रतिवद्धता

बिगत १८ बर्ष देखि सहकारी क्षेत्रमा अनवरत रुपमा विभिन्न प्रारम्भिक बचत तथा ऋण सहकारी www संस्थाहरुको प्रमुखको भूमिका निर्वाह गर्दै बचत तथा ऋण सहकारीहरुको केन्द्रीय संघमा समेत केही बर्ष संस्थाहरुको स्तरीकरण तथा तालिम सहजकर्ता रुपमा कार्य गर्दै आफ्नो अनुभव ज्ञान र सीपको सही सदुपयोगका लागि मिति २०८० साल श्रावण ५ गतेबाट विधिवत रुपमा यस इन्स्टीच्यूट फर कोअपरेसन एण्ड सोल्सन नेपाल (आईसीएस नेपाल) प्रा.लि.को स्थापना गरिएको छ । प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी मेरो लागि अवसर र चुनौती दुवै सम्मिलीत यस क्यरियरमा ठोस भूमिका निर्वाह गर्ने र हाल सम्मालिरहेको जिम्मेवारी प्रति अत्यन्तै हर्षित साथै पदीय जिम्मेवारीले मलाई थप कार्य हौसला प्रदान गर्ने कुरामा हुटहुटी प्रद्वानु गरेको छ ।
वास्तवमा नेपालका सहकारी संस्थाहरु संख्यात्मकतामा धेरै भएता पनि गुणत्मकरुपमा बिकासित हुन सकिरहेको अवस्था छैन । करीव ३० हजारको संख्यामा रहेका सहकारी संस्थाहरु मध्ये केही सहकारी संस्थाहरुको गतिविधि शुन्य रहेको छ भने केही  सहकारीहरु बैंक तथा वित्तीय संस्थाहरुको हाराहारीमा कारोबार गर्दछन् भने केही सहकारी संस्थाहरुको संचालन प्रक्रियामा त्रुटीभई जोखिममा रहेकाछन । नेपालमा धेरै जसो सहकारी संस्थाहरुमा सक्षम नेतृत्व, दक्ष जनशक्ति, योजनाबद्ध क्रियाकलाप तथा सहकारी संचालन सम्बन्धी ज्ञान, सीप र धारणामा कमी भएका कारण सहकारी संस्थाहरुको उल्लेख्य बृद्धि बिकास नभएको अवस्थामा यस आईसीएस नेपालको व्यवस्थापन प्रमुखको हैसियतले सहकारी, व्यवसायिक र सामाजिक संघ संस्थाहरुको गुणात्मक विकासका हाम्रा बिषयविज्ञ समुहको सहकार्य सहित संधै लागि रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

आई सिएस नेपालले प्रदान गर्ने सेवाहरु

सहकारी क्षेत्र

सहकारी क्षेत्र

सम्बन्धी परामर्श, नीति निर्माण, लेखापरीक्षण सहजीकरण रणनीतिक योजना तथा आन्तरीक लेखा परीक्षण, तालिम शिक्षा, सदस्य सन्तुष्टि सर्वेक्षण, अनुसन्धान विश्लेषण, सहकारी वित्तीय विश्लेषण (पल्र्स), ऋण, व्यवस्थापन परामर्श, आदी ।

उद्यमशिलता तथा स्वरोजगारी प्रर्वद्धन

उद्यमशिलता तथा स्वरोजगारी प्रर्वद्धन

विभिन्न परियोजनाहरु, सहकारी, समुह, तथा व्यक्तिगत रुपमा व्यवसाय पहिचान, विकास, शसक्तीकरण एवं वित्तीय पहुँच अभिबृद्धिका तपशिलका तालिमहरु तथा आवश्यक सहजीकरण

व्यवसाय, संस्था, परियोजना सुदृढिकरण सेवा

व्यवसाय, संस्था, परियोजना सुदृढिकरण सेवा

लेखा परिक्षण, परियोजना निर्माण, परियोजना अनुगमन, परियोजनाका लागि विशेषज्ञता सेवाहरु, लक्षित बर्ग सेवा सन्तुष्टी सर्वेक्षण, प्रस्तावना तथा प्रतिवेदन लेखन आदी,

प्रविधि सेवा

प्रविधि सेवा

सहकारीको सफ्टवेयर सम्बन्धी आवश्यक परामर्शसेवा, संघ संस्थाको वेवसाईट निर्माणमा सहजीकरण,
तथा व्यवसायिक प्रर्वद्धनका लागि प्रविधिगत विभिन्न परामर्श सेवाहरु ।

संस्थागत विकास तथा परियोजना व्यवस्थापन

संस्थागत विकास तथा परियोजना व्यवस्थापन

विभिन्न संघ, संस्था तथा परियोजनाहरुको संस्थागत विकास एवं सुद्धिढिकरणका तथा परियोजना विकासमा सहजीकरण एवं सहयोग,

प्रमुख उपलव्धीहरु

  • विभिन्न प्रकृतिका १०० भन्दा बढी सहकारीहरुलाई रणनैतिक योजना, नीति कार्यविधि निर्माण, व्यवसायिक योजना निमार्ण तथा सहजीकरण गरिसकिएको ।
  • २५ वटा सहकारीहरुको स्थलगत सुपरीवेक्षण सहजीकरण,
  • २ दर्जन भन्दा बढी सहकारीको लेखा परिक्षणमा सहजीकरण,
  • ३० वटा सहकारीहरुलाई साधारण सभाको व्यवस्थापन (प्रतिवेदन लेखन, कार्यविधिहरुको निर्माणमा सहजीकरण, एवं तयारी व्यवसथापनमा व्यवस्थापकीय विशेषज्ञ सेवा प्रदान ।
  • १५ वटा सहकारीहरुका लागि आन्तरिक कार्यविधि निर्माणमा सहजीकरण तथा आवश्यक व्यवस्थापन परामर्श सेवा प्रदान,
  • सहकारीका लागि आवश्यक ३५ प्रकारका विभिन्न तालिममा सहजीकरण,
  • २ वटा सहकारीहरुको सदस्य संन्तुष्टि सर्वेक्षण तथा सदस्य सहभागिता अभिबृद्धिमा सहजीकरण,
  • १५ वटा सहकारीमा रणनैतिक व्यवसायिक योजना तर्जुमा गोष्ठी सहजीकरण तथा व्यवसायिक योजना निर्माणमा सहजीकरण,

कम्पनीको आगामी लक्ष्य

  • सहकारी क्षेत्रलाई जोखिम रहित दीगो विकास, व्यवसायीकरण, तथा सदस्यमा आधारित संस्था संचालनमा सहजीकरण गर्ने एक मात्र विशेषज्ञ सेवा प्रदायकको रुपमा पहिचान बनाउन
  • निजी क्षेत्र, राष्ट्रिय, अन्तराष्ट्रिय संघ संस्था, परियोजनाहरुको दीगो विकास एवं आवश्यक सम्पूर्ण विशेषज्ञता तथा व्यवस्थापकीय सेवा प्रदानमा विशिष्टिता कायम राख्ने ।
  • विशेषज्ञ व्यक्तिहरुको समूह मार्फत व्यवस्थापकिय र नेतृत्व क्षमता अभिबृद्धिका लागि विज्ञ समुह निर्माण, सिर्जनशिलता, नविनतम सोच साथै अन्तराष्ट्रिय असल अभ्यासहरुको आन्तरीकीकरणमा सामुहिक प्रयास गर्ने ।
  • व्रेन ड्रेन लाई रोक्न विशेषज्ञ व्यक्तित्वहरु मिली संघ संस्था, निजी क्षेत्र तथा सरकारका लागि समेत विशेषज्ञ सेवा साथै थिङ ट्याकंको रुपमा समुहलाई परिचालन गर्ने ।

कम्पनीप्रति सेवाग्राहि संघसंस्थाहरुको धारणा

विगत ६ महिना देखि यस कम्पनीबाट सहकारी सम्बन्धी नीति, कार्यविधि, लेखा व्यवस्थापन, ऋण व्यवस्थापन, बाह्य लेखापरीक्षण सहजीकरण, बैठक व्यवस्थापन, साधारण सभा तयारी देखि सभाको माइन्यूट तयारीमा सहयोग गर्नका साथै विनीयम सम्बन्धी संशोधन तथा पुनरलेखनमा सहजीकरण लगायत सहकारी संस्थाले गर्नु पर्ने सम्पूर्ण कार्यहरूमा सहयोग प्राप्त भएकोछ । त्यसका अतिरिक्त कम्पनी र संस्था बीच भएको सम्झौदा बमोजिम सहकारी शिक्षा तालिम, ऋण लगानी तथा असुलीमा सहजीकरण, जस्ता कार्यहरू समेत उपलब्ध हुने छ भन्ने विस्वाश रहेको छ । यस संस्थाले यस कम्पनीको सहयोगमा ५ बर्षे रणनौतिक व्यवसायिक योजना समेत तर्जुमा गरेको छ । अन्त्यमा, सहकारी संस्थाको दीगो विकासका लागि यस कम्पनीको योगदानका लागि विशेष धन्यवाद दिन चाहन्छु ।

– चन्द्रावती अधिकारी अध्यक्ष राममन्दिर नारी चेतना सीपमूलक सहकारी

विगत ६ महिना देखि यस कम्पनीबाट सहकारी सम्बन्धी नीति, कार्यविधि, लेखा व्यवस्थापन, ऋण व्यवस्थापन, बाह्य लेखापरीक्षण सहजीकरण, बैठक व्यवस्थापन, साधारण सभा तयारी देखि सभाको माइन्यूट तयारीमा सहयोग गर्नका साथै विनियम संशोधन तथा पुनरलेखनमा सहजीकरण लगायत सहकारी संस्थाले गर्नु पर्ने सम्पूर्ण कार्यहरूमा सहयोग प्राप्त भएकोछ । त्यसका अतिरिक्त कम्पनी र संस्था बीच भएको सम्झौदा बमोजिम सहकारी शिक्षा तालिम, ऋण लगानी तथा असुलीमा सहजीकरण, जस्ता कार्यहरू समेत उपलब्ध हुने छ भन्ने विस्वाश रहेको छ । अन्त्यमा, यस कम्पनी मार्फत सेवा प्राप्त गरे पश्चात संस्थामा धेरै सुधार भएको छ । हाम्रो लागि आईसीएस नेपाल धन्यवादको पात्र भएको छ ।

–सुनिता रावल अध्यक्ष दीर्घायु महिला बहुउद्देश्यीय सहकारी

विगत ६ महिना देखि यस कम्पनीबाट सहकारी सम्बन्धी नीति, कार्यविधी, लेखा व्यवस्थापन, ऋण व्यवस्थापन, बाह्य लेखापरीक्षण सहजीकरण, बैठक व्यवस्थापन, साधारण सभा तयारी देखि सभाको माइन्यूट तयारीमा सहयोग गर्नमा अहंम भूमिका खेलिदिनु भएको छ । विनीयम सम्बन्धी संशोधन तथा पुनरलेखनमा सहजीकरण लगायत सहकारी संस्थाले गर्नु पर्ने सम्पूर्ण कार्यहरूमा सहयोग प्राप्त भएकोछ । त्यसका अतिरिक्त कम्पनी र संस्था बीच भएको सम्झौदा बमोजिम सहकारी शिक्षा तालिम, ऋण लगानी तथा असुलीमा सहजीकरण, जस्ता कार्यहरू समेत उपलब्ध हुने छ भन्ने विश्वास रहेको छ । क्ष्ऋक् नेपालसंग मासिक परामर्ष सेवा लिए पस्चात सञ्चालकहरूलाई संस्था सञ्चालन गर्न तथा सदस्यहरूलाई सेवा सुविधा लिन र संस्थागत सुधारका कार्यहरू भएको हुँदा क्ष्ऋक् नेपाललाई धन्यवाद दिन चाहन्छु ।

– उद्धब पौडेल अध्यक्ष काठमाण्डौ सेवा साकोस